पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा महिलाको मृत्यु

सोमबार, १० बैशाख २०८१
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४, सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५१ वर्षीया मनकुमारी सिगु छन् । मनकुमारी आइतबार राति साढे १० बजे घरदेखि अन्दाजी एक किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागि भरुवा बन्दुक लिएर गएकी थिइन् । बन्दुक पड्काउने क्रममा फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरीरको विभिन्न भागमा लागेर घाइते भएकी थिइन् । उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार