बेलबारी-सुनसरीको इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले मोरङको बेलबारीमा निुशल्क आँखा शिविर सम्पन्न गरेको छ ।
बेलबारीमा रहेको दिपज्योति महिला बचत तथा श्रृण सहकारी संस्था लिमिटेड सँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा १ सय २ जना बिरामीहरूको आँखा परीक्षण गरिएको आँखा अस्पतालले जनाएको छ । शिविरमा ३ जना बिरामीलाई मोतिया बिन्दु देखिएको थियो ।
शिविरमा बेलबारी आसपासका सर्बसधारणहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ । शिविरमा ९ जना बिरामीहरूको आँखामा मासु पलाएको बिरामी भेटिएको अस्पतालका दृष्टि विशेषज्ञ राकेश थापाले बताए । बिरामीहरूलाई अस्पतालले सौलियत रूपमा अपरेसन गर्ने व्यवस्था मिलाएको दृष्टि विशेषज्ञ थापाले जनाए ।
प्रतिक्रिया