यो साझा मुद्दा हो जब कोसी नामाङ्कन भएपछि पहिचानवादी साथीहरू असन्तुष्टि जनाएर सडकमा आउनुभयो त्यसबेला देखि नै मैले नै नेतृत्व गरेर काँग्रेसको १४ जिल्ला सभापतिहरूलाई एकै ठाउँमा भेला गरेर समयमा नै यसको समाधान खोजिनुपर्छ भनेर सबैको हस्ताक्षर गरेर हाम्रो पार्टी सभापतिसहित कोसी प्रदेशका वर्तमान मुख्यमन्त्री केदार कार्कीलाई समेत ज्ञापन पत्र बुझाएका छौँ । अहिले तीन चरणमा वार्ता भइसकेको छ चाँडै निष्कर्षमा पुग्छ र पुर्याउछौं । हामी र सिङ्गो नेपाली काँग्रेस पार्टी नै पहिचानको मुद्दामा सकारात्मक छ र यसलाई सहज निष्कर्षमा पुर्याउने मैले मेरो पहिलो जिम्मेवारी पनि ठानेको छु ।डम्बर खड्का -यो अत्यन्त संवेदनशील विषय हो । पहिचान बारे विषय उठ्ने बित्तिकै पहिचानको मुद्दामा नेपाली काँग्रेस स्पष्ट छ । पहिचानका विषयमा पार्टीले गम्भीर रूपमा लिएको छ ।
प्रतिक्रिया