विराटनगरबाट बाल यौन दुव्र्यवहारको आरोपमा होटलका सञ्चालक पक्राउ

शनिबार, १५ बैशाख २०८१
विराटनगर । विराटनगरबाट बाल यौन दुव्र्यवहारको आरोपमा होटलका सञ्चालक पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकको माँ पाथीभरा होटलका सञ्चालक ५० वर्षीय केदार सेडाईंलाई पक्राउ गरिएको हो । इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साँझ सेडाईंलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । मोरङको केराबारी घर भएकी १५ वर्षीया बालिकालाई आफ्नो होटलमा ल्याएर यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सेडाईंलाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । बालिकालाई शुक्रबार बिहान ११ बजेतिर यौन दुव्र्यवहार गरेको भनेर उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । सेडाईं विराटनगर–४ कै बासिन्दा हुन् । उनको स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए । प्रहरीका अनुसार होटल सञ्चालन गरिएको घर सोडाईंको आफ्नै हो । उनले त्यहाँ लज सञ्चालन गर्दै आएका थिए । खाना र नास्ताका लागि भने भाडामा दिएको पाइएको प्रहरीको भनाइ छ । घरका अन्य कोठाहरु फार्मेसीलगायतलाई भाडामा दिएको पाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार