इलाममा ४२ प्रतिशत मत खस्यो

शनिबार, १५ बैशाख २०८१
इलाम- इलाम निर्वाचन क्षेत्र –२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म अनुसार ४९ हजार मत खसेको हो । खसेको मत संख्याको आधारमा यो ४२ प्र्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ । एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयका पदाधिकारीहरुको भनाइ छ । बिहान सुस्त गतिमा खसेको मत दिउँसो चाप बढेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । ६ पालिकाका ४२ वडामा मतदान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार