इलामको मतगणना आइतबार बिहानदेखि हुने

शनिबार, १५ बैशाख २०८१
इलाम -इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार बिहानदेखि हुने भएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना भोलि बिहान सुरु गर्ने तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटिका आज बिहान १ बजेपछि मात्र आइपुग्ने सम्भावना छ । मतपेटिका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम बिहान मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिए । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले भोलि बिहान सर्वपक्षीय बैठक सकेपछि मात्र मतगणना गर्ने टुङ्गो लागेको बताए । राजनीतिक दलका प्रतिनिधिले पनि बिहानबाट मात्र गणना सुरु गर्न सुझाव दिएका छन् । काँग्रेसका जिल्ला सचिव निरोज खड्गीले बिहानबाट मात्र मतगणना सुरु हुने जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार