इलाम मतगणना अपडेट : काँग्रेसको सुरुवाती अग्रता 

आइतबार, १६ बैशाख २०८१
इलाम  ।  इलाम २ को शनिवार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम–१ र २ नम्बर वडा गणना गर्दा नेपाली  काँग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार एक सय ५ मतका साथ अग्रता लिएका छन् । खडकालाई पछयाउदै नेकपा एमाले  सुहाङ नेम्वाङले एक हजार त्रिसठि मत ल्याएका छन् । अन्य उमेद्धवारहरुको भने  पहिलाकै नतिजा रहेको छ । जसमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत पाएका छन् । यस्तै रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार