उपनिर्वाचन : इलाममा एमालेकै अग्रता, सुहाङ दुई हजार २८२ मतले अगाडि

सोमबार, १७ बैशाख २०८१
इलाम । इलाममा जारी इलाम – २ को मतगणनाको पछिल्लो परिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई दुई हजार २८२ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन। नेम्वाङले अहिले सम्ममा सात हजार ६७७ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको पाँच हजार ३९५ मत आएको छ । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ५८ मत प्राप्त गरेका छन । यस्तै रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले एक हजार १६२ मत प्राप्त गरेका छन । यो मत परिणाम फाकफोकथुम र चुलाचुली गाउँपालिकाको पाँच वटा वडाको हो । अब चुलाचुलीको बाँकी ६ नम्बर वडाको मत गणना जारी छ । अहिले सम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार