इलाम - प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गरेका छन ।
उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पारेका छन ।
कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गरेका छन । यो इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको गणना सकिँदाको परिणाम हो ।
यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गरेका छन ।
प्रतिक्रिया