खेलकुद विकास बोर्डको सदस्य सचिवमा बस्नेतको इन्ट्री,वाग्ले आउट

मंगलबार, १८ बैशाख २०८१
बिराटनगर- उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिवमा कृष्ण बस्नेत परशुरामलाई पुनर्बहाली गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायधिश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार साँझ कृष्ण बस्नेत परशुरामलाई पुनर्बहाली गर्न आदेश दिएको हो । उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंसराज वाग्ले पदमुक्त भएका छन् । तत्कालीन प्रदेश नंं. १ सरकारको २०७८ चैत्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुङ्गाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । उक्त निर्णय विरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको माग सहित मुद्दा दायर गरेका थिए । त्यो बेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अहिले आएर पुर्नवहाली गर्ने आदेश दिएको हो । बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए । तत्कालीन सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुत्ती गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार