इलाम : माङसेबुङ गाउँपालिकाले विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले पालिका भित्रका ९ वटा विद्यालयलाई कम्प्युटर प्रिन्टर प्रदान गरेको हो ।
एक कार्यक्रम सहित नौ वटा कम्प्युटर र छ वटा प्रिन्टर वितरण गरिएको प्रशासकीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिए । उनले चालु आर्थिक वर्ष २०८०/०८१ को ‘अध्यक्ष विकास कार्यक्रम’ अन्तर्गत कम्प्युटर र प्रिन्टर वितरण गरिएको बताए ।
गाउँपालिकाले माङसेबुङ गाउँपालिका-१ स्थित मण्डिका आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-२ स्थित खाम्नुवा आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-३ स्थित बालद्विप आधारभूत विद्यालय र पवित्रा आधारभूत विद्यालयलाई कम्प्युटर र वटा प्रिन्टर वितरण गरेको हो ।
माङसेबुङ गाउँपालिका-४ स्थित जनज्योति आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-५ स्थित जयश्वरी आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-६ स्थित सिंहदेवी आधारभूत विद्यालय र माङमालुङ आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको हो ।
आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने उद्देश्यले सामग्री वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।
सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर र प्रिन्टर वितरण गरिएको खतिवडाको भनाई छ । अन्य केही विद्यालयमा यसअघि नै कम्प्युटर र प्रिन्टर वितरण गरिसकिएको छ । गाउँपालिकाले विद्यालयमा कम्प्युटर र प्रिन्टर खरिदका लागि सात लाख रुपैयाँ विनियोजन गरेको थियो ।
प्रतिक्रिया