मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्ने सम्भावना

मंगलबार, २२ जेठ २०८१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वकै सबैभन्दा ठूलो निर्वाचनमा खसेको ६४ करोड २० लाख मत गणना गर्दा लगातार तेस्रो कार्यकालको कीर्तिमान बनाउने अड्कल काटिएको छ । एक्जिट पोलले मोदीको लागि ठूलो जीतको प्रक्षेपण गरेको छ र यदि त्यो प्रक्षेपण पुष्टि भए मोदीको अभियान सफल हुनेछ । लगानीकर्ताले पहिले नै मोदीको तेस्रो कार्यकालको सम्भावना देखेका छन्, यसले भारतको लागि बलियो आर्थिक वृद्धि र व्यापार समर्थक सुधारको थप भरोसा अपेक्षा राखेका छन् । संसदमा सम्भावित दुईतिहाइ बहुमतले संविधानमा ठूलो परिवर्तन गर्न सक्छ, प्रतिद्वन्द्वी र आलोचक भने यसबाट सतर्क देखिएका छन् । १९ अप्रिलमा सुरु भएको र १ जुनमा सम्पन्न भएको सात चरणको सात हप्ताको मतदानमा झन्डै १ अर्ब मानिस मतदानमा सहभागी थिए । लगभग ५० डिग्री सेल्सियसको गर्मीमा पनि ६६ प्रतिशतभन्दा बढी मतदाता मतदानमा सरिक थिए ।  विकास र परिवर्तनको बाचा गरेर सन् २०१४ मा पहिलो पटक सत्तामा आएका ७३ वर्षीय मोदी भारतको स्वतन्त्रताका नेता जवाहरलाल नेहरुपछि लगातार तीन कार्यकाल जित्ने दोस्रो प्रधानमन्त्री बन्न खोजिरहेका छन् । उनले आर्थिक वृद्धि, कल्याणकारी नीति, राष्ट्रिय गौरव, हिन्दू राष्ट्रवाद र मोदीको ग्यारेन्टी भनिने वाचा पूरा गर्न आफ्नो व्यक्तिगत प्रतिबद्धतासहित कार्यालयमा आफ्नो रेकर्ड प्रदर्शन गरेर निर्वाचन अभियान सुरु गरेका थिए । मोदीले पहिलो चरणमा कम मतदाताको सहभागिता पछि ट्याक परिवर्तन गरे र विपक्षीलाई आरोप लगाए । विशेषगरी दुई दर्जन समूहको गठबन्धनको नेतृत्व गर्ने कांग्रेस पार्टीले भारतको २० करोड मुस्लिमको पक्षमा रहेको आरोप लगाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार