सिराहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

शुक्रबार, ०९ मंसिर २०७९
सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित भएका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार