सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चाारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर घटाएका छन्।
यसअघि ११ सय मतले पछि परेका कार्कीले मतान्तर ८३ मा झारेका छन्।
ताजा मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतको १९ हजार ५६२ मत छ भने कांग्रेसका कार्कीको १९हजार ४७९ मत रहेको छ।
यसअघिको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका कार्की निर्वाचित भएका थिए। तर यसपटक भने कार्की र कुसियैतबीच कडा टक्कर हुने देखिएको छ।
प्रतिक्रिया