गिरिजाप्रसाद तिन पटक निर्वाचित भएको मोरङ २ मा सुजता पराजित

शुक्रबार, ०९ मंसिर २०७९
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई उनले पराजित गरे । पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन् । गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार