सिराहा २ बाट सांसद बने राजकिशोर,कांग्रेसकी चित्रलेखा यादव पराजित

शनिबार, १० मंसिर २०७९
सिराहा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी नेता चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राजकिशोरले २४ हजार १७८ मत ल्याएर विजयी हुँदा चित्रलेखाले २३ हजार २८ मत पाइन् । यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, राप्रपाका मुरली मिझारले ८७२, हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६९९ र स्वतन्त्र उम्मेदवार रामप्रकाश महतोले ६३९ मत पाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार