इटहरी : सुनसरीबाट एक क्विन्टल गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले सुनसरीबाट एक सय १६ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
सुनसरीको इनरूवा नगरपालिका–९ बबिया चोकबाट आइतबार (आज) गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बूढी मोरङ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा गणबाट खटिएका सशस्त्र प्रहरी बलले धनकुटाबाट प्रदेश नम्बर १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
दुवै जनालाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारबाहीका लागि प्रहरीकहाँ पठाइएको जनाइएको छ ।
प्रतिक्रिया