धनकुटामा पिकअपको ठक्करबाट मोटरसाइकल चालक सुन्दरहरैँचाका सुमन सुवेदीको मृत्यु

आइतबार, १३ साउन २०८१
धनकुटा : धनकुटामा मोटरसाइकललाई पिकअप गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । कोशी राजमार्गको धनकुटा–हिले खण्डमा आइतबार (आज) अपराह्न ५ः२० बजेतिर प्रदेश १–०२ ०५३ प ३१६८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०४ ००१ च १३३६ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकको पछाडि सवार मोरङको सुन्दरहरैँचा नगरपालिका ८ का ३२ वर्षीय सुमन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटा नगरपालिका १ निगालेस्थित बागेश्वरीथानको सहायक मार्गबाट राजमार्गमा पिकअपले घुम्तीमा ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप चालक लक्ष्मण राई र मोटरसाइकल चालक दिपेश ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक मोटरसाइकलका चालक ढकालका भिनाजु रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार