ताप्लेजुङ / जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् ।
जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदी बन्दीलाई राखिएको छ ।
कारागारमा ७३ जना जबरजस्ती करणीका मुद्दा झेलिरहेका छन् । ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागु औषधका छ र सवारी दुर्घटना गराएका तीन जना कैदीबन्दी छन् ।
वढि कैदीबन्दी रहेपछि समस्या भएको छ ।
हेरचाहमा समेत समस्या भएको छ । कैदीबन्दीले समेत निकै कष्टकर रूपमा जेल जीवन यापन गरिरहेका छन् ।
प्रतिक्रिया