गत मंसिर ४ गते भएको प्रतिनिधीसभाको निर्वाचनकालागि झापाको क्षेत्र नं ५ मा २५ जना उम्मेदवारले भाग लिएका थीए । यी मध्ये १३ जना विभिन्न दलका प्रतिनिधी थिए भने १२ जना स्वतन्त्र उम्मेदवार ।
१ लाख ५४ हजार २ सय ८९ कुल मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ९८ हजार ९ सय ८७ मतदान भएको थियो । मत खसेको मध्ये ९३ हजार ८ य ३० मत मात्रै सदर भएको थियो भने बाँकी ५ हजार १ सय १७ मत बदर भएको थियो ।
यस मध्येमा यो निर्वाचन क्षेत्रमा सबै भन्दा बढी नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले धेरै मत ल्याउनु भयो र उहाँ निर्वाचित हुनु भयो । ५२ हजार ३ सय १९ मत ल्याएर बिजयी हुनु भएका ओलीका प्रतिपर्धी नेपाली काग्रेसका डा. खगेन्द्र पाण्ड अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याउनु भयो । र तेस्रो सक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार सुरेश कुमार पोखरेले रहनु भयो । उहाँले ११ हजार ७ सय ५९ मत ल्याउनु भयो ।
यी बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । कसैले पनि जमानत जोगाउने गरि मत परिणाम ल्याउन सकेनन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ। अर्थात यो क्षेत्रमा मतदान भएको मध्येको कुल सदर मत ९३ हजार ८ य ३० हो । र यहाँ जमानत सुरक्षीत राख्न मात्रै पनि ९ हजार ३ सय ८३ मत ल्याउनु पर्छ ।
गत निर्वाचनमा प्रतिनिधी सभाको उम्मेदवार बन्नकालागि हरेक उम्मेदवारले १० हजार रुपैँया धरौटि निर्वाचन कार्यालयमा बुझाएपछि मात्रै उम्मेदवार बन्न पाइने प्रावधान थियो ।
त्यसैले यहाँ २२ उम्मेदवारको जमानत जफत भएको छ । अर्थात धरौटि रुवरुप राखीएको सो १० हजार रकम निर्वाचन कार्यालयले जफत गरिदिएको छ । अझ रोचक त के छ भने १२ जना उम्मेदवारले त एक सय मत पनि ल्याएका छैनन । यसमा अधिकासं स्वतन्त्र उम्मेदवार रहेका छन् ।
कुन कुन उम्मेदवारको जमानत जफत भयो र क-कस्ले एक सय मत पनि कटाएनन् त ? हेरौ यो सुची
१) ओममाया आङदेम्वे, जसपा , ६२९
२)रुद्र प्रसाद खनाल, नेमकिपा, २५०
३)चन्द्र प्रसाद राजबंशी, लोसपा, १०५
४)भीम राजबंशी, जनतम पार्टि, १४८५
५)सान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेसन,७४४
६)कविन्द्र शेर्मा लिम्बु, राघिंय लोकतान्त्रीक राष्ट्रिय मञ्च,१२८१
७)राजन चुडाल, नेश्नलिष्ट पिपल्स पार्टि,, ८८
८)पदम बहादुर जबेगु, राष्ट्रिय जनमुक्ति पार्टि, २१४
९) शेखरनाथ सेडाई, नेपाली काग्रेस(विपि), ५१
१०) राम प्रसाद पाठक, सचेत नेपाली पार्टि, ४९
११)इन्द्रमणी दाहाल, स्वतन्त्र, ५०
१२) कल्पना लावती, स्वतन्त्र, २२४
१३)केदारनाथ चापागाई, स्वतन्त्र, १६५
१४) तिर्थेस्वर चौधरी, स्वतन्त्र, २०
१५)तुलसीराम काफ्ले, स्वतन्त्र, ७०
१६) दिपक कुमार पाठक(यूग), स्वतन्त्र, ३५६
१७) भेषराज भट्टराई, स्वतन्त्र, ४१
१८) रामचन्द्र बानीया, स्वतन्त्र, ५७
१९) रेवती रमण खनाल, स्वतन्त्र, ६३,
२०) रोहित प्रसाद पौडेल, स्वतन्त्र, ८१
२१) शान्ता अधिकारी, स्वतन्त्र, १३
२२)सिताराम पोखरेल, स्वतन्त्र, १३
प्रतिक्रिया