धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या

बुधबार, ३० साउन २०८१
रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका को वडा नं. ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलीप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधवार बिहान फेला परेको हो । उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको रौतहट प्रहरी उपरीक्षक घिमिरेले बताए । धारिलो हतियार प्रहारगरी महतोको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । घटनाका बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार