‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

विहीबार, ३१ साउन २०८१
इटहरी : साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा. सुकराज राई, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, कवि विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार साहित्यकार तथा लेखक डा. पुरण राईले आफ्नी आमाको नाममा स्थापना गरेका हुन् । अनलाइन अभिलेख प्रालिमार्फत पुरस्कार वितरण गरिने राईले बताए ।
साहित्कार दीपा राई पुनको जन्मदिनको अवसर पारेर कात्तिक २९ गते उनकी आमा विमला राईलाई नगद ५० हजार र ताम्रपत्रसहित ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने पुरस्कार संस्थापक डा. राईले बताए ।
भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने निर्णय भएको थियो । नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पु¥याएको योगदानस्वरूप उनकी आमालाई सो सम्मान दिने निर्णय गरिएको हो । डा. राईको ‘वसन्त ऋतु’ उपन्यास, ‘लाशमाथिको मानव’ नाटक, ‘अस्तु’ कथासङ्ग्रह, ‘कोभिड डायरी डरका बिम्बहरू’, ‘सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता’ अलङ्कारविधाजस्ता कृति प्रकाशित छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार