विराटनगरका विद्यार्थीहरूमा नाटक महोत्सवको रौनक, मञ्चन तालिका सार्वजनिक

शनिबार, १५ भदौ २०८१
विराटनगर : विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा मञ्चन हुने नाटकको सूची सार्वजनिक गरिएको छ । भदौ २२ देखि ३१ गतेसम्म हुने महोत्सवमा सहभागी हुने नौ विद्यालयसहित १० नाटकको सूची र समय तालिका सार्वजनिक गरिएको हो । महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट विद्यालयहरूले सहभागीता जनाउँदैछन् । आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो दिन शनिबार दिउँसो २ बजे आयोजकले सविन भट्टराईको निर्देशनमा बनेको नाटक नीलाम्बरको आकाशयुद्ध मञ्चन गर्दै महोत्सवको उद्घाटन गर्ने भएको छ । त्यसपछिका दिनमा क्रमशः ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बुद्धिमानी आमा, दिल्ली पब्लिक स्कुलले छिमेकी, आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ । यस्तै नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुललेस्मार्ट बन्द, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुललेसाबित्रीको बाख्रो मञ्चन गर्नेछ । महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ । सहभागी हुने विद्यालयका लागि नाटक अभ्यास प्रशिक्षण, मञ्च, प्रकाश, ध्वनी लगायत निर्माण, संयोजन लगायत सम्पूर्ण व्यवस्थापन आयोजकले निःशुल्क प्रदान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार