सो नाटकमा शनिबार मञ्चन भएको नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगरलगायतका स्थानबाट बाक्लो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।
नाटकमा सुदीपजंग कार्की, निशा ढुंगेल, दीपक निरौला, प्रज्ज्वल भट्टराई, सन्तोष बन्बो तामाङ, लीला खत्री, अभिसा तामाङ, शिखा लिम्बू, देवानन्द राजवंशी, निर्मला गुरागाईं, सुशीला दंगाल, प्रदीप परियार र लक्ष्मी सिग्देलले अभिनय गरेका छन् ।
कक्षा १० को नेपाली पाठ्यपुस्तकमा राखिएको सो नाटक हेर्न विद्यार्थीको संख्या हरेक दिन बढ्दै गएको गुरागाईंले बताए । विभिन्न विद्यालयहरूले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाट्क हेराइरहेको उनको भनाइ छ ।
                        
प्रतिक्रिया