यसपटकको प्रधानमन्त्रीत्व ओलीका लागि सहज देखिँदैन । उनका वरिपरि प्रभावशाली बनेर रहेका धेरैजसो नेता र कार्यकर्ताको मुखबाट ‘जय जयकार’को नारा सुनिए पनि अवस्था त्यस्तो छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको गठबन्धन सरकार बनाउने सम्झौता पार्टीभन्दा पनि दुवै नेताको आवश्यकता हो । सरकारमा नरहेसम्म पार्टी बलियो नहुने सभापति देउवाको धारणा र आफूलाई ‘वैश्विक’ नेतृत्वको लहरमा स्थापित गर्ने अध्यक्ष ओलीको आन्तरिक चाहनाका परिणाम प्रतिकूल आउने त पक्कै छअहिले संघीय गणतन्त्र नेपालको संविधान निर्माण भएर पनि एकैसाथ ‘सक्रिय’ र ‘शिथिल’ भइसकेको छ । अहिले संविधान प्रभावकारी ढंगले सक्रिय भएको छैन वा हुनसकेको छैन:यो बेग्लै कुरा हो । सत्य यति मात्रै हो कि माओवादी जनयुद्धको प्रभावबाट देश, राजनीतिक दल र जनता अझै मुक्त हुन सकेका छैनन् । यसको मुख्य कारण माओवादीलगायत सबै राजनीतिक दलका नेताको अहंकार र असहज व्यवहार हो । प्रचण्डले यो कुरा नबुझ्नुभएको पक्कै होइन । सधंै माओवादीका कटु आलोचक रहनुभएका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन उहाँले देखाउनुभएको तत्परता र सक्रियताले उहाँको राजनीतिक नियतको एकपक्षलाई उजागर गर्दछ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि जति पनि समस्या उत्पन्न भएका छन् त्यसको मूल कारण एमाले रहेको छ । वामपन्थी राजनीतिको विकल्पमा माओवादी पार्टीको उदय एमालेका लागि सहज कुरा थिएन । कांग्रेसका सभापति तथा बृहत शान्ति सम्झौताका सूत्रधार गिरिजाप्रसाद कोइराला माओवादी पार्टी सशक्त बनेको हेर्न चाहनुहुन्थ्यो । राजनीतिक रुपमा एमालेले कांग्रेस सभापति कोइराला नेतृत्वको सरकारविरुद्ध गरेको षड्यन्त्रात्मक व्यवहारबाट उहाँ खिन्न हुनुहुन्थ्यो । नेपालका राजनीतिक विश्लेषकले यो कुरालाई सतहमा ल्याउँनै खोजेनन् । २०४७ सालमा कोइराला प्रधानमन्त्री बन्नुभएपछि कांग्रेस–एमाले सम्बन्ध कहिल्यै सुध्रिएन । यो प्रसंगमा एमालेको नेतृत्वबाट माधवकुमार नेपालको पलायन र खड्गप्रसाद शर्मा ओलीको उदयको घटना सामान्य थिएन । एमालेजनले माधवकुमार नेपालको अनुहार नरुचाएको देखिए पनि माओवादीसँग बृहत् शान्ति सम्झौताको पृष्ठभूमि र वातावरण तयार पार्नमा उहाँको निकै ठूलो योगदान छ । यसको जानकारी प्रचण्डजीलाई नहुने कुरै छैन । माओवादीलाई शान्तिको बाटोमा ल्याउन गिरिजाप्रसाद कोइरालालाई माधवकुमार नेपालले सक्रियतापूर्वक सघाउनुभएको थियो । नेपाली राजनीतिको रूपान्तरणमा उहाँको भूमिका कसैले पनि नकार्न सक्दैन । कम्युनिस्ट राजनीतिमा नेताहरूबीच घातप्रतिघात र संघातलाई असहज मानिँदैन । माधव नेपाल र केपी ओलीबीचको प्रतिद्वन्द्विता धेरैका लागि असहज जस्तो लाग्ला । तर, त्यसमा अस्वाभाविक केही छैन । अहिले एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमतिले दुई ठूला पार्टी कांग्रेस–एमालेको संयुक्त सरकार बनेको छ । सामान्य दृष्टिले हेर्ने हो भने पार्टीलाई बन्धनरहित हिसाबले सत्तामा पु¥याएकामा एमालेजनहरू प्रधानमन्त्री ओलीप्रति कृतज्ञ बन्नुपर्ने हो । तर, अवस्था त्यस्तो छैन । प्रधानमन्त्री ओलीविरुद्ध एमालेभित्रका गुट, उपगुट र ‘शक्ति केन्द्र’ सक्रिय भएका छन् । यसपटकको प्रधानमन्त्रीत्व ओलीका लागि सहज देखिँदैन । उनका वरिपरि प्रभावशाली बनेर रहेका धेरैजसो नेता र कार्यकर्ताको मुखबाट ‘जय जयकार’को नारा सुनिए पनि अवस्था त्यस्तो छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको गठबन्धन सरकार बनाउने सम्झौता पार्टीको भन्दा पनि दुवै नेताको आवश्यकता हो । सरकारमा नरहेसम्म पार्टी बलियो नहुने सभापति देउवाको धारणा र आफूलाई ‘वैश्विक’ नेतृत्वको लहरमा स्थापित गर्ने अध्यक्ष ओलीको आन्तरिक चाहनाका परिणाम प्रतिकूल आउने त पक्कै छ । पछिल्लो समयमा प्रचण्डको अति चञ्चल राजनीतिक व्यवहारले माओवादी पार्टी निकै ठूलो घाटामा परेको छ । गणतन्त्र स्थापनामा महŒवपूर्ण भूमिका निर्वाह गरेको माओवादी पार्टीका नेता दलदलमा फस्नुभएको छ । उहाँको राजनीतिक संगठनको अवस्था दयनीय छ । संविधान निर्माणपछि नेपाली कांग्रेससँग मिलेर सरकार बनाएको समयमा उहाँ जति गतिशील हुनुहुन्थ्यो पछिल्ला समयमा त्यो गति कायम रहेन । बृहत कम्युनिष्ट शक्ति निर्माणको उहाँको सपना ‘डेट एक्सपायर्ड’ अवधारणा होे । आजको दुनियाँ त्यो बाटो हिंड्न तयार छैन । प्रचण्डको त्यहाँदेखि यहाँसम्मको यात्राको उपलब्धि के हो त ? प्रश्नको आकार विराट छ । यो बिचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया