नाटकमा खुशी गुरुङ, समिता राई, युना राई, बिजेता गुरुङ, पुकार बस्नेत, श्रद्धा पोखरेल लगायतले अभिनय गरेका थिए ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ गतेदेखि सुरु भएको महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् ।
आइतबार सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम सोमबार श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको’ बाख्रो मञ्चन गर्नेछ ।
महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।
                        
प्रतिक्रिया