हेटौंडा : मकवानपुरमा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना बाहिरिएको छ । जिल्लाको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको हो ।
पीडित महिलाले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन् ।
३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी छन् ।
प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ ।
आरोपित दुई युवा भने फरार रहेका छन् । अर्यालका अनुसार पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताएपनि पहिचान गर्न नसकेको बताएकी छन् ।
दोषी पत्ता लगाउन घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया