वरिष्ठ सर्जक गणेश रसिक र नागरिक अगुवा तोयानाथ भट्टराईसहित सात जना सम्मानित हुँदै

सोमबार, ०५ कार्तिक २०८१
इलाम : वरिष्ठ सर्जक गणेश रसिक र नागरिक अगुवा तोयानाथ भट्टराईसहित सात जना सम्मानित हुने भएका छन् । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले एक समारोहबीच उनीहरूलाई सम्मान गर्ने भएको हो । आगामी कार्तिक १४ गते इलामस्थित आदर्श माध्यमिक विद्यालयको सभाकक्षमा आयोजना हुने कार्यक्रममा विभिन्न विद्याबाट सम्मानित हुने भएका हुन् । रसिकलाई ७७ हजार ७ सय ७७ राशीको पुर्णटुङ्ग आदर्श नागरिक सम्मान गरिने भएको हो । त्यसैगरी भट्टराईलाई ३३ हजार ३ सय ३३ रुपैया राशीको पद्मटुङ्ग अगुवा नागरिक सम्मान गरिने भएको हो । त्यसैगरी गजराज खम्बसिंह जानुकादेवी आदर्श समाजसेवी सम्मान अर्जुन थापा, उदयरत्न सावित्री उत्कृष्ट कृषक सम्मान मदन राई र भृकुटी शिवमाया लक्ष्मण अग्रणी महिला सम्मान लीलादेवी श्रेष्ठलाई प्रदान गरिने भएको हो । ३ वटै विधामा ३३ हजार ३ सय ३३ रुपैया राशी रहेको छ । १५ हजार एक सय राशीको रामहरि नारायण प्रसाद शिक्षक सम्मान खगेन्द्र पिठाकोटे र १० हजार एक सय राशीको मधु जनक उत्कृष्ट विद्यार्थी विज्ञान पुरस्कार खान्द्रुङ माविकी रेखा गोले तामाङलाई प्रदान गर्ने निर्णय भएको आयोजक समितिका सचिव विमल वैद्यले जानकारी दिए । प्रतिष्ठानले हरेक वर्ष विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार