सर्लाही : सर्लाही जिल्लाको धनकौल गाउँपालिका वडा नं २ मन्त्री टोलमा (बिहिवार) करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षिय जितेन्द्र सिंह रहेका छन । मृतक सिंहले आफनै घरको छतमा दिपावलीको लागि झिलिमिली बति बाल्न तार जोडने क्रममा अचानक करेन्ट लागेर गम्भिर घाइते भएका थिए ।
मृतक सिंह घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा उपचार पश्चाच थप उपचारको लागि जनकपुर तर्फ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया