खेलकुद शारीरिक अभ्यासमा मात्र सीमित नरहेकाले खेल सम्बन्धी अध्ययनको भूमिका पनि महत्वपूर्ण पक्षको रूपमा बढेको बताउँदै पुस्तकालयहरूमा खेलाडीलाई चाहिने पुस्तकहरू पनि उपलब्ध हुन जरूरी रहेको धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले बताए ।
नेपाली महिला क्रिकेट टिमको सफलताले अब नेपालको खेल अन्तर्राष्ट्रिय स्तरमा पुगेको सन्देश दिएको बताउँदै नेपालमा आयोजना भइरहेको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगिताले नयाँ आयाम थपिएको उनको भनाइ थियो ।
साकेला पुस्तकालयलाई अत्याधुनिक पुस्तकालयको रूपमा विकास गर्ने योजना रहेको बताउँदै पुस्तकालय, डिजिटल सुविधाहरूको व्यवस्थापन भइरहेको किरात राई यायोख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।
                        
प्रतिक्रिया