सर्लाही : लालबन्दी नगर वाङ्मय परिषद्ले भाषा तथा साहित्य, स्थानीय प्रतिभा र सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार २०८१ बाट तीनजनालाई सम्मान गरेको छ ।
लालबन्दी नगर वाङ्मय परिषद लालबन्दी सर्लाहीले बर्सेनि प्रदान गर्दै आएको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार पत्रकार तथा लेखक अखण्ड भण्डारीलाई प्रदान गरिएको छ ।
भण्डारीद्वारा लिखित बोरा उपन्यासलाई यस वर्षको उत्कृष्ट पुरस्कार प्रदान गरिएका हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईसहित लालबन्दी नगरप्रमुख बासुदेव अधिकारी र प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले संयुक्त रूपमा नगद ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरे ।
त्यस्तै लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार २०८१ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्मृत भएका छन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार २०८१ बाट पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
प्रतिक्रिया