अधिकारी वंश प्रतिष्ठानको धरान नगर समितिमा डा. कृष्णगोपाल

शनिबार, २९ मंसिर २०८१
धरान : काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान धरान उपमहानगर समितिको दोस्रो नगर अधिवेशनबाट डा. कृष्णगोपाल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । धरानमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रेवत अधिकारी, सचिव नारायण अधिकारी, सहसचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा अङ्गुर अधिकारी निर्वाचित भएका छन् । यसैगरी कार्यसमितिकै अन्य सदस्यहरूमा बोधराज अधिकारी, वन्दना अधिकारी, पूर्णप्रसाद अधिकारी, तारा अधिकारी, निशान अधिकारी, इन्दिरा अधिकारी, अनोज अधिकारी, तोतराज अधिकारी, चूडामणि अधिकारी चयन भएका छन् । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार प्रदीप अधिकारी, सचिव रमेश अधिकारी, इटहरी नगर अध्यक्ष पुष्प अधिकारी, विवेक अधिकारी, धरान नगरका निवर्तमान अध्यक्ष रवीन्द्र अधिकारी, लक्ष्मी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार