इटहरी : नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र देशैभरका ७७ वटै जिल्लामा शुक्रबार (२८ मंसिर)मा एकैसाथ निर्वाचन भयो ।
अधिकांश जिल्लामा निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ ।
जसअनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा विभिन्न संगठनबाट उम्मेदवार बनेकाहरू निर्वाचित भएका छन् ।
महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् ।
प्रेस चौतारी र प्रेस युनियनबाट साझा उम्मेदवार बनेका काफ्लेले ९४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गणेश निरौलाले ७९ मत प्राप्त गरे । यसैगरी शेखरनाथ जोगीले ५ मत प्राप्त गरे ।
उपाध्यक्षमा अर्जुन सुवेदीले १०१ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी गोविन्द बस्नेतले ७४ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा यशोदा शेनेले ११० मत प्राप्त गर्दै विजयी हुँदा मनिता चाम्लिङले ६२ मत प्राप्त गरिन् । सचिवमा पर्शुराम बाह्रकोटीले ९० मत प्राप्त गर्दै विजयी भए भने तीर्थ कार्कीले ८३ मत प्राप्त गरे ।
खुल्ला सहसचिवमा विकल रेग्मीले ११४ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी महेश गुरागाईँले ६१ मत प्राप्त गरे । समावेशी सहसचिवमा वीरेन्द्र साहले ९१ मत प्राप्त गर्दै विजयी भए भने मुस्ताक आलमले ६३ मत प्राप्त गरे ।
यसैगरी कोषाध्यक्षमा विवेक रेग्मीले ११८ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी जमुना श्रेष्ठले ५५ मत प्राप्त गरिन् ।
खुला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल ९ज्योति०, सिंहबहादुर मादेन, सुदीप पोखरेल, र हिरण्य कुमार कार्की निर्वाचित भएका छन्।
त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई, र समावेशी सदस्यमा नसिम अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी महासंंघ मोरङको अध्यक्षमा सुशीला पाठक निर्वाचित भएकी छन् । प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेकी पाठक ११७ मतसहित निर्वाचित भएकी हुन् ।
प्रतिस्पर्धी नवराज कट्टेलले ५९ मत प्राप्त गरे । उपाध्यक्षमा सन्तोष सिग्देल १०१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उत्तम पोखरेलले ५८ र सरोज बस्नेतले १७ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा तारा आचार्य र विनु तिम्सिनाले समान मत ल्याए । दुवैको मत ८२–८२ छ । महिला उपाध्यक्ष रन्जिता पोखरेलले १५ मत प्राप्त गरिन् ।
सचिवमा नेत्र अधिकारी १०९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनिल श्रेष्ठले ७२ मत प्राप्त गरे । सहसचिवमा श्यामसुन्दर सुतिहार र रेवती निरौला विजयी भए ।
समावेशीमा ९३ मतसहित सुतिहार निर्वाचित हुँदा नविन कर्णले ७८ मत ल्याए । सहसचिव खुल्लामा निरौला ९२ मतसहित विजयी हुँदा प्रेम देवानले ५७ सोनुकुमार दासले १७ र तेजन खड्काले १० मत प्राप्त गरे ।
कोषाध्यक्षमा कौशल निरौला १३१ मतसहित विजयी भए भने पदम सरदारले ३७ मत प्राप्त गरे ।
यसैगरी सदस्यहरूमा कुमार खड्का, अनुज सापकोटा, बाबुराम निरौला, ईश्वर दुलाल, मुकेश कुमार यादव र रोशन पोखरेल निर्वाचित भए ।
उता झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियान र प्रेस चौतारीको तर्फबाट गठबन्धन गरि निर्वाचनमा होमिएका गिरीले १३१ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्र गौतमले ३४, डिकेश लामाले ३४ र टीकाराम नेतीले ४ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा सुब्रत न्यौपाने र महिला उपाध्यक्षमा वेनिशा शर्मा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी सचिवमा राजु पाठक र प्रदीप परियारको बराबरी मत आएपछि कार्यकाल आधा–आधा चलाउने निर्णय गरिएको छ । सहसचिवमा रमेश तिवारी सर्वसम्मत र समावेशी सहसचिवमा तिलक तामाङ र कोषाध्यक्षमा मुक्ति पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा अस्मिता साँखी, इशा प्रधान, स्वस्तिका आचार्य, विनोद पाण्डे, द्रोण अधिकारी, सुदीप अधिकारी, दिपेश राजवंशी, देवेन्द्र प्रसाई र भूमिराज पराजुली निर्वाचित भएका छन् ।
त्यस्तै महिला सदस्यमा भूकुमारी लिम्बू, आदिवासी जनजाति सदस्यमा इन्द्रबहादुर राई, मधेशी सदस्यमा सन्तोष शर्मा दलित सदस्यमा मनकुमार गदाल निर्वाचित भए ।
उता, महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्तिविलास पोखरेल निर्वाचित भएका छन्। पोखरेल ६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी प्रेस सेन्टरका भोटराज राईले ४२ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेवती पराजुली निर्विरोध निर्वाचित भए ।
सचिवमा तुलसीप्रसाद कोइराला ६६ मतसहित निर्वाचित भए । खुल्ला सहसचिवमा देवराज राई ६७ मतले निर्वाचित भए भने समावेशी सहसचिवमा रन्जु दनुवार ६७ मतसहित निर्वाचित भइन् । कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा ५७ मतसहित निर्वाचित भए ।
महासंघ इलामको अध्यक्षमा भीम चापागाईँ निर्वाचित भएका छन् । उनले ३५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिस्पर्धी रामकुमार लिम्बूले ३२ मत प्राप्त गरे ।
यसैगरी खुल्ला उपाध्यक्षमा लोकेन्द्र थेवे, महिला उपाध्यक्ष सुनीता राई, सचिव टीका खतिवडा, सहसचिव बलराम बराईली र विनु खड्का, कोषाध्यक्षमा भगीरथ भण्डारी निर्वाचित भए ।
यस्तै, सदस्यहरूमा योगेन्द्र शंकर, सविता पाण्डे, प्रकाश नेपाल, विनय तिम्सिना, खेमराज ढकाल, रोशन काफ्ले, मनोज अधिकारी, सुनीता मगर र मनिष अधिकारी निर्वाचित भए ।
यस्तै, महासंघ पाँचथर शाखाको अध्यक्षमा भीमकुमार बाँस्कोटा निर्विरोध निर्वाचित भए । खुल्ला उपाध्यक्षमा सरोज शर्मा, महिला उपाध्यक्षमा राधा लुइँटेल र कोषाध्यक्षमा युबेन्द्रबिक्रम जबेगु चयन भए । यसैगरी सचिवमा रवीन्द्र काफ्ले, खुल्ला सहसचिवमा रमेश थापा र समावेशी सहसचिवमा दुर्गा खनाल चयन भए ।
सदस्यहरूमा कमल घिमिरे, कुमार खड्का र कृष्ण दुलाल, सुरज भण्डारी, महिला सदस्यमा इवारा जबेगु, आदिवासी जनजाति सदस्यमा मौसम सम्बाहाम्फे र दलित सदस्यमा चिरण विश्वकर्मा चयन भएका छन् ।
यसैगरी ताप्लेजुङको अध्यक्षमा सुवास आर्चा निर्विरोध निर्वाचित भए ।
यस्तै उपाध्यक्षमा सन्तोष पुर्कुटी र महिला उपाध्यक्षमा सङ्गीता कार्की चयन भए । सचिवमा कृष्ण फुरुम्बो लिम्बू, सहसचिवमा सहारा लंवा लिम्बू र मनमाया लिम्बू र कोषाध्यक्षमा मदन गौतम निर्वाचित भए ।
सदस्यहरूमा सुनीता रसाइली, किरण विक, तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बो, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली चयन भए ।
यसैगरी महासंघ धनकुटामा सबै कार्यसमिति निर्विरोध चयन भएको छ । जसअनुसार अध्यक्षमा विदुर खवास चयन भएका छन् ।
उपाध्यक्षमा डण्डीकेशर कट्टेल (रबिन) चयन भएका छन् भने महिला उपाध्यक्षमा सर्मिला राई चयन भइन् । सचिवमा हरिवहादुर लम्जेल चयन भए भने खुल्ला सहसचिवमा ईश्वर थापा र समावेशी सहसचिवमा विश्वराज श्रेष्ठ चयन भए ।
यसैगरी कोषाध्यक्षमा नारायण कुमार आठपहारिया चयन भए । महिला सदस्यमा चाँदनी राई, दलित सदस्यमा विशाल लम्जेल, आदिवासी जनजातीमा सफलमान राई, समावेशी सदस्यमा अजय सन्तोषी राई चयन भए ।
खुल्ला सदस्यहरूमा सन्तोष सुवेदी, विजय शेखर श्रेष्ठ, अनिता राई, सप्टिका राई र कल्पना तामाङ चयन भए ।
महासंघ तेह्रथुमको अध्यक्षमा ठाकुर सेनेहाङ (टीआर) चयन भएका छन् ।
यस्तै, उपाध्यक्षमा विनोद भट्टराई, महिला उपाध्यक्षमा सीता लिम्बू, सचिवमा उमेश नेपाली, सहसचिवमा विकास गुरुङ र जीवनबहादुर लिम्बू, कोषाध्यक्षमा वमप्रकाश लिम्बू चयन भएका छन् ।
सदस्यहरूमा अस्मिता सुवेदी, कृष्णमान तामाङ, तुलसी सिटौला, भीमा लिम्बू र सञ्जीव प्रसाईँ चयन भएका छन् ।
सङ्खुवासभाको अध्यक्षमा कृष्णराज शाक्य निर्वाचित भए । उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित भए ।
यसैगरी सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गा बहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित भए ।
यसैगरी महासंघ भोजपुरको अध्यक्षमा ध्रुव सुवेदी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी अर्जुन बस्नेतलाई एक मतान्तरले पछि पार्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुवेदीले २२ र बस्नेतले २१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा शारदा तामाङ र सरिता सुनुवार, सचिवमा विवेक राई, सहसचिवमा प्रमित सिप्तुङ र अर्जुन राई, कोषाध्यक्षमा मोहन तामाङसहित १५ सदस्य निर्वाचित भए ।
उता, खोटाङको अध्यक्षमा हरिबोल आचार्य सर्वसम्मत निर्वाचित भए । उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना परियार अछामे, सचिवमा राजकुमार भट्टराई, समावेसी सहसचिवमा राजन ठटाल, सहसचिवमा मनोज आचार्य र कोषाध्यक्षमा उजुर राई चुनिए ।
सदस्यहरूमा कृष्णकला राई, सुनील श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल सर्वसम्मत चयन भए ।
यसैगरी महासंघ ओखलढुंगा शाखाको अध्यक्षमा पूर्णप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भए ।
उपाध्यक्षमा रविन श्रेष्ठ, समावेशी उपाध्यक्षमा शारदा राई, सचिवमा मिनाकुमारी श्रेष्ठ (शेर्पा), सहसचिवमा नवीन धमला र स्यारोन शेर्पा, कोषाध्यक्षमा रितादेवी तामाङ्ग निर्विरोध निर्वाचित भए ।
यस्तै, सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी भए । दर्नालले १६ मत प्राप्त गर्दा दिलबहादुर राईले १५ मत प्राप्त गरे ।
यसैगरी खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित भए ।
यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनील गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भए ।
प्रतिक्रिया