शान्ति जनकल्याण बहुउद्देशीय सहकारीको अध्यक्षमा गिरी

आइतबार, ३० मंसिर २०८१
इटहरी : इटहरी २० मा रहेको शान्ति जनकल्याण बहुउद्देशीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा चन्द्रकुमार गिरी निर्वाचित भएका छन् । शनिबार भएको उपनिर्वाचनमा कुल एक हजार ६ सय ३१ मत खसेको थियो । जसमा गिरीले एक हजार ७५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वसन्त कुमार श्रेष्ठ पाँच सय १४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर पाँच सय ६१ रहेको छ । कुल मतमध्ये ४२ मत बदर भएको थियो । ०७९ पुस २९ गते सहकारीको निर्वाचन भएको थियो । निर्वाचनबाट अध्यक्षमा इटहरी २ शान्तिनगरका वीरबहादुर लिम्बू निर्वाचित भएका थिए । तर, उनको गत चैत २८ गते निधन भएपछि उपनिर्वाचन भएको कार्यवाहक अध्यक्ष चिन्तामणि सापकोटाले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०।८१ मा सहकारीले दुई करोड ३१ लाख बढी नाफा कमाएको छ । सहकारीको अडिट रिपोर्टअनुसार आर्थिक वर्ष २०८०।८१ मा उक्त सहकारीले दुई करोड ३१ लाख ५१ हजार ९४ रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७९।०८० मा भने सहकारीको नाफा एक करोड २६ लाख ८९ हजार २४२ रुपैयाँ रहेको सापकोटाले बताए । शनिबार भएको साधारणसभामा इटहरीका मेयर हेमकर्ण पौडेल प्रमुख अतिथि थिए । उनले सहकारीहरू आफ्नो सिद्धान्तअनुसार सञ्चालन भएमा राम्रो मुनाफा कमाउन सक्ने र सेयर सदस्यलाईसमेत फाइदा पुग्ने उदृत गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार