झापामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सोमबार, ०१ पुस २०८१
झापा : झापाको दमक नगरपालिका १० मा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गएराति १० बजेतिर प्रदेश १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका ८ का २७ वर्षीय विराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका ५ की ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया ओम कुमारी राई घाईते भएका थिए । उपचारको क्रममा धिमाल र राईको दमक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड पठाइएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार