माओवादी केन्द्र धरानको अध्यक्षमा उद्धव लिम्बू चयन

सोमबार, ०१ पुस २०८१
धरान : नेकपा माओवादी केन्द्र धरान उपमहानगरको अध्यक्षमा उद्धव लिम्बू चयन भएका छन् । तेस्रो अधिवेशनले लिम्बूको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा सिपि बजगाईं, उपाध्यक्षमा सन्जुहाङ सावाँ र सुवास खवास, महिला उपाध्यक्षमा शेषकुमारी घिमिरे, सचिवमा भूपाल चाम्लिङ, सहसचिवमा सुमन गहतराज र कोषाध्यक्षमा मिक्मा भोटे निर्वाचित भएका छन् । समितिको सदस्यहरूमा सुमन श्रेष्ठ, जितराज राई, मेनुका खड्का, दुर्खा खाती, बुद्रोस लिम्बु, केशव रिजाल, दीपक रिजालसहित ७५ सदस्य कमिटी निर्वाचित भएका छन् । उनीहरू सबैजना निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार