मोरङ : मोरङमा स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।
आज (सोमबार) साँझ ५ बजेतिर जिल्लाको कटहरी गाउँपालिका २ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कोशी विद्या मन्दिर विराटनगरको को २ च १७१४ नम्बरको स्कुल भ्यान आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ६ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाइते हुनेमा कटहरी ३ की १४ वर्षीया आकृति जन्दार, ११ वर्षीया स्वेता जन्दार ११ वर्षीय कार्तिक साह, ९ वर्षीय गणेश साह, १२ वर्षीय पंकज सिंह र १० वर्षीय शिशिर सिंह रहेका छन् ।
उनीहरूको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । प्रहरीले भ्यान चालक विराटनगर ६ बस्ने ४३ वर्षीय जीतेन्द्र सहनीलाई निगरानीमा राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया