बढ्यो सुनको मूल्य, तोलाको कति ?

मंगलबार, ०२ पुस २०८१
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो। सोमबार तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार