गरिमा विकास बैङ्कद्वारा नेपाल प्रहरी लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मंगलबार, ०२ पुस २०८१
इटहरी: वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्‍याउने उद्देश्यले गरिमा विकास बैङ्कले नेपाल प्रहरीलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम गरेको छ । समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गदै आएको बैङ्कले मङ्गलवार गते शाखा कार्यालय विराटनगर मार्फत नेपाल प्रहरी कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गरिमा विकास बैङ्क, शाखा कार्यालय विराटनगरकी शाखा प्रमुख रक्षा भट्टको अध्यक्षता र नेपाल प्रहरी कोशी प्रदेश, प्रादेशिक कार्यालय विराटनगरका प्रमुख भीम प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै गरिमा विकास बैङ्कका क्षेत्रीय कार्यालय इटहरीका अधिकृत सूर्य प्रसाद पौडेलले वित्तीय साक्षरता, डिजिटल बैङ्किङको महत्त्व ,सम्भावित जोखिम र न्यूनीकरणका उपायको बारेमा प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा नेपाल प्रहरी कोशी प्रदेश, प्रादेशिक कार्यालय विराटनगरका प्रमुख भीम प्रसाद दाहालले नेपाल प्रहरी सङ्गठनलाई गरिमा विकास बैङ्कको यस कार्यक्रमले थप बैङ्किङ शिक्षा प्राप्त गर्ने र वित्तीय अनुशासन कायम गर्न मद्दत गर्ने बताउनु भएको थियो। कार्यक्रममा १०० जना नेपाल प्रहरीहरूको सहभागिता रहेको थियो। यो कार्यक्रमले आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा नेपाल प्रहरीले जानकारी लिएको विश्वास गरिमा विकास बैङ्कले लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार