इलाम : इलामको माई नगरपालिकामा भएको आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देउमाई नगरपालिका ४ मंगलबारे बस्ने ४३ वर्षीय दीपक भनिने तिलविक्रम शिवा रहेका छन् ।
माई नगरपालिका २ रातेखाडी बस्ने ठकबहादुर लिम्बुको घर नजिकै रहेको आफ्नै परालको कुन्युमा गएराति आगलागी भएको हो ।
आगलागीमा जलेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया