इलाम : ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ ।
इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो ।
काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए ।
चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जग जमिनमा भासिएर उनी च्यापिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया