धरान : डिपो स्कुलको आयोजनामा भइरहेको १९ औँ अम्बर ललित डिपो कपको सोमबारदेखि सुरू भएको क्वाटरफाइनल खेलमा आयोजक डिपो स्कुल र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।
डिपो स्कुलले प्रभात स्कुललाई १–० र पुलिस स्कुलले समेत काम्रेल हाइ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
खेलमा डिपो स्कुलका रिदम बिक र पुलिस स्कुलका युगल बिकले गर्दै आफ्नो टिमलाई सेमिफाइनलका लागि स्थान सुरक्षित गरे ।
पहिलो र दोस्रो क्वाटरफाइनल खेलको म्यान अफ द म्याच प्रभात स्कुलका आशिष राई र काम्रेल हाइ स्कुलका गोलरक्षक नुयाङ राई घोषित भए । उनीहरूलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
मंगलबारको खेल इमानुयल र हिविकस स्कुल र दिल्ली पब्लिक र माउण्ट हम्रन स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
दिलकुमार प्लेट च्याम्पियनमा आइडियल र जल साय स्कुल विजयी
यसैबीच सोमवारदेखि सुरू भएको प्लेट च्याम्पियनतर्फ आइडियल स्कुल र जल साय स्कुल विजयी भएका छन् ।
आइडियल स्कुल र धरान लिगामेन्ट स्कुलबीच भएको खेलमा निर्धारित समय सम्ममा दुवैतर्फ बराबरी १–१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आइडियल स्कुल ३–१ गोल अन्तरले विजयी भए ।
दोस्रो खेलमा देउराली चिल्ड्रेन र जल साय स्कुलले निर्धारित समयमा कुनै गोल गर्न नसकेपछि दोस्रो खेल पनि टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा २–१ गोल अन्तरले जल साय स्कुल विजयी बने ।
अम्मर ललित डिपो कपमा पहिलो चरणमा पराजित भएका टिमले दिलकुमार प्लेट च्याम्पियन खेल्न पाउनेछन् ।
प्रतिक्रिया