धरान : डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ ।
बुधवार भएको सेमिफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पब्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।
पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्लैले ३ गोल गर्दै ह्याट्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्त्वना स्वरूप १ गोल फर्काएका थिए । उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।
यसै गरी दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास फोरले दुई र युगल विकले १ गोल गारे । दिल्ली पब्लिकका तर्फ वाट रोहन लिम्बुले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच दिल्ली पब्लिकका रेवन राई घोषित भए । उनीहरूलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्विपराज राईले ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए ।
डिपो र पुलिस स्कुलले उपाधिका लागि शुक्रवार प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतिक्रिया