विराटनगर : विराटनगरमा अवैध चाँदीसहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१ का ३१ वर्षीय इन्द्रजित विश्वाकर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१७ बाट बिहीबार उनलाई पक्राउ गरिएको हो ।
भारतबाट विराटनगरतर्फ आउँदै गरेको को २९ प ५६०३ नम्बरको मोटरसाइकल अवैध चाँदी ल्याइँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेक गर्दा चाँदीको बुनिया ३७४.८ सय (ग्राम) फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको चाँदी करिब ५८ हजार रुपैयाँ बराबरको रहेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया