मणि निरौलाको उपन्यास ‘गुप्त प्रेम’ विमोचन

शनिबार, २७ पुस २०८१
इटहरी : साहित्यकार मणि निरौलाको पहिलो उपन्यास ‘गुप्त प्रेम’ को विमोचन गरिएको छ । शनिवार इटहरीको नेपा भवनमा आयोजित एक कार्यक्रमका बिच उपन्यासको विमोचन गरिएको हो । विमोचन कार्यक्रममा युवा कवि दीपा लुइँटेलले स्वागत मन्तव्य राख्दै कृतिकारको परिचय गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि तथा साहित्यकार टिका मिलन साथै अतिथि साहित्यकारहरू तिलक विष्ट, नीरज कोइराला, लेखक निरौला लगायतले उपन्यासको विमोचन गरेका थिए । साहित्यकार नीरज कोइराला कार्यक्रमका प्रमुख वक्ता रहेका थिए । साहित्यकार मणि निरौलाले आफ्नो दोस्रो साहित्यिक कृति ‘गुप्त प्रेम’ उपन्यासलाई बजारमा ल्याएका हुन् । उनको ‘पहिलो पाइला’ नामक कविता सङ्ग्रह यस अघि नै प्रकाशित भईसकेको छ । आधा दशक लामो समय देखी साहित्य साधनामा क्रियाशील निरौलाले कार्यक्रममा आफ्नो पहिलो पुस्तक 'पहिलो पाइला' लाई पाठकहरूले माया गरेको र गुप्त प्रेम लाई पनि माया गरेको बताए । कोशी प्रदेशमा बस्ने प्रेम जोडिको प्रेम सम्बन्ध तथा कोशी प्रदेशका विभिन्न परिवेशहरूलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई ‘अल बुक्स स्टोर’ ले बजारमा ल्याएको हो । उपन्यासलाई विमोचनका अवसरमा रु चार सय पचास मूल्य तोकिएको थियो । सुनसरी मोरङ र झापाका करिब डेढ सय बढी साहित्यिक स्रष्टा कार्यक्रममा उपस्थित थिए । जागरण युवा क्लबको आयोजनामा भएको कार्यक्रम सञ्चालन तथा सहजीकरण सुवास खत्रीले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार