धरान । युवापुस्ताका प्रिय गायक जोन चाम्लिङले आज साँझ धरान विजनेस एक्स्पोमा आफ्नो ब्याण्ड 'जोन एण्ड दि लोकल्स' सहित प्रस्तुति दिने भएका छन्। पाँच जना सदस्यीय यस ब्याण्डले आज साँझ ७ बजे एक्स्पोको मञ्चमा आफ्नो प्रस्तुती दिने भएका हुन ।
धरानका यी चर्चित गायकका लाखौँ फ्यानहरु संसारभर रहेका छन्। विशेषगरी, धरानमै हुने जोनका प्रत्येक कन्सर्टमा दर्शकहरुको उपस्थिति बढिरहेको देखिन्छ। सिल्भर इन्टरटेनमेन्ट का निर्देशक सौरभ श्रेष्ठका अनुसार, जोनको प्रस्तुति दर्शकहरुले कहिल्यै पनि मनभरि हेरेर र सुनेर अघाएका छैनन्।
, धरानमा आयोजित धेरै सांगीतिक कार्यक्रमहरुमा जोनको अत्यधिक माग हुने गर्दछ। जोनका हरेक गीतहरु युट्युबमा लाखौँ भ्युज पाउँदै आएका छन् । 'जोनका लोकप्रिय गीतहरु, जस्तै “हावा जस्तै,” “फर्कन्न होला,” “निहिता,” “साधना,” र “मुटुदेखि” ले युट्युबमा मिलियन भ्युज प्राप्त गरिसकेका छन्।
धरानको व्यापार व्यवसायलाई गतिशील बनाउन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले विजनेस एक्स्पो २०८१ को आयोजना गरेको हो।
महासंघका अध्यक्ष शिवराज श्रेष्ठका अनुसार, फागुन १० गतेसम्म सञ्चालन हुने यस एक्स्पोमा हरेक दिन चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ।
प्रतिक्रिया