विराटनगर : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आगामी चैत ११ गते सोमबार आयोजना गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिले फागुन १५ गते बसेको बैठकमा विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजे सभा गर्ने तय गरेको हो।
सभामा प्रमुख प्रस्तावहरूमा अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जर प्रक्रिया अगाडि बढाउने, पूँजी वृद्धि गर्ने, तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषयहरू समावेश गरिने छन्।
त्यस्तै, कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, नयाँ दुई जना सञ्चालकको निर्वाचन गर्ने, साथै सञ्चालकहरूको भत्ता र सुविधा निर्धारण गर्ने तथा अन्य खर्च अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गर्ने योजना छ।
प्रतिक्रिया