अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोशीका ९९ महिला प्रहरी पुरस्कृत

शनिबार, २४ फागुन २०८१
मोरङ : ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको मनोबल तथा उत्प्रेरणा अभिवृद्धि गर्ने एवम् कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आबद्ध गर्ने अभियान अन्तर्गत वहाँहरूलाई पुरस्कृत गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरूमा कार्यरत रही महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत विभिन्न शाखामा रहेर विभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदीय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्ने महिला प्रहरी कर्मचारीहरू पुरस्कृत भएका कोशी प्रदेश कार्यालय विराटनगरले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत हुने महिला प्रहरी कर्मचारीहरूलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले महिला प्रहरी कर्मचारीको मनोबल सदैव उच्च राख्ने र कर्तव्य प्रति वफादार बनाई राख्न यस्ता किसिमका उत्प्रेरणा अभिवृद्धि योजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष “सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार