काठमाडौंकी उपमेयर भन्छिन्, ‘अन्याय गर्नेको प्रतिकार गरौँ’

शनिबार, २४ फागुन २०८१
काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफूले अरूलाई अन्याय गर्नु नहुने तर आफूमाथि अन्याय गर्नेलाई प्रतिकार गर्नुपर्ने बताएकी छन् । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आयोजना गरेको महिला अधिकार र सशक्तीकरणको लागि भएका प्रयासहरू र सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् । नारी डंगोलले नारीको शक्ति, सहनशीलता, क्षमता र धैर्यतालाई बुझ्न सके नारी सशक्तीकरणमा ठुलो योगदान हुने बताइन् । उनले आमाप्रति लोयल हुन सके अरूलाई पनि बुझ्न सकिने बताइन् । पद ठुलो सानो होला तर नागरिकको अपेक्षा समान रहेको हुँदा सबै जनप्रतिनिधिले उत्तिकै काम गर्नुपर्ने डङ्गोलको भनाइ थियो । उनले नारी नारीकै निम्ति हुनुपर्छ भन्ने कुरा नारामा मात्र होइन, व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्ने बताइन् । देश फरक भए पनि, नीति फरक भए पनि, भूगोल फरक भए पनि विश्वभर नै महिलाको अवस्था उस्तै रहेको डङ्गोलको भनाइ थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार