पाँचथर गोल्डकप : चर्च ब्वाइजलाई टाइब्रेकरमा पराजित गर्दै सप्तरी फाइनलमा

विहीबार, २९ फागुन २०८१
पाँचथर : नमोबुद्व फुटबल क्लब सप्तरी पाँचथरको फिदिममा जारी पाचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज क्लब काठमाण्डौँलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टिमले २–२ गोल बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सप्तरीका लागि विवेक गुरुङ, विवेक राई, अनिल मगर र आयुष मगरले गोल गरे भने चर्च ब्वाइजका लागि विदेशी खेलाडी तल्ला र सागर तिरुवाले मात्रै गोल गरे । चर्च ब्वाइजका अर्का विदेशी खेलाडी फोफोना र अभिषेक महतोको प्रहार सप्तरीका गोलरक्षक जयरत्न शेखले बचाउ गरेसँगै चर्च ब्वाइज सप्तरीसँग पराजित भएको हो । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा सप्तरीका गोलरक्षक जयरत्न शेख म्यान अफ दि म्याच घोषित हु‘दै नगद सात हजार पाँच सयसहित पुरस्कृत भए । यो जीतसँगै अब पाँचथर गोल्डकपको उपाधीका लागि सप्तरीले मच्छिन्द्र फुटबल क्लब काठमाण्डौँसँ‘ग शनिबार प्रतिस्पर्धा गर्नेछ । यस संस्करणका विजेता टिमले ११ लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार